add

सिपमूलक तालिम सञ्चालन गर्न काठमाडौं महानगरले गर्‍याे एकैपटक २३ कलेजसँग सम्झौता






ActPro Nepal

|

२६ फागुन, २०८०

|
119

काठमाडौं । काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले सिपमूलक तालिम सञ्चालन गर्न एकैपटक २३ वटा क्याम्पसहरुसँग सम्झौता गरेको छ ।

विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

महानगरपालिकाले चालु आर्थिक बर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा ल्याएको छ । यीमध्ये ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम एउटा हो । यो कार्यक्रममा रोजगारमूलक सिप विकास तालिम सञ्चालन हुन्छन् । यस्ता विविध विधाका तालिम सञ्चालन गर्न सम्झौता भएको हो ।

सामाजिक विकास विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गराइनेछ । १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आवद्ध गराउने कार्यक्रमको लक्ष्य हो ।

सम्झौताबमोजिम कलेजहरुले कक्षा कोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन् । प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ । यसका लागि कलेजहरुले महानगरपालिकामा लागत अनुमान पेश गर्नुपर्नेछ ।

तालिमको संयोजन र सहजीकरण महानगरपालिकाबाट खटाइएका तालिम संयोजकहरुले गर्नेछन् । ‘रोजगारीका लागि सिप विकास तालिम चाहिनेहरु लक्षित वर्ग भएकोले रोजगारी वा आयमूलक काममा आवद्धता यसको नतिजा हो । महानगरको योजनामा सामाजिक उत्तरदायित्व वहन गर्दै कलेजहरु सँगै हुनु सुखद कुरा हो,’ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन् ।

यस सहकार्यबाट परिणाम प्राप्त गर्न सहज हुने बताउँदै उनले कार्यक्रमको सुखद थालनी नतिजामा देखिनुपर्ने धारणा राखिन् ।

सिपमूलक तालिम लिनका लागि अहिलेसम्म करिब १० हजार व्यक्तिको आवेदन प्राप्त भइसकेको छ । सूचना प्रविधिमा आधारित तालिममा धेरै व्यक्तिहरुको चासो छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.