काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज एकैदिन ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
स्थायी निक्षेप सुविधाबाट पनि तरलता व्यवस्थापन हुन नसकेपछि राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलबाट एकैदिन ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।
राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम व्यवस्थापन गर्न लागेको हो । उक्त रकममा साँवा र ब्याज भुक्तानी चैत ८ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।
एकोहोरो निक्षेप थपिरहेको तर कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा इतिहासकै धेरै अधिक तरलता कायम भएको छ । हाल प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । यससँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतमा झरेको छ ।
राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न फागुन २ गतेदेखि स्थायी निक्षेप सुविध कार्यान्वयनमा ल्याएको छ । सो सुविधा अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले ४ खर्ब बढी रुपैयाँ राष्ट्र बैंक्मा राखिसकेका छन् । यद्यपि, सोमध्ये धेरै जसो रकम परिपक्व भइसकेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।