add

फागुन २३ गते बुधवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

२३ फागुन, २०८०

|
1107

आजको पञ्चाङ्ग

२०८० फागुन २३ गते | बुधवार ६ मार्च २०२४। फाल्गुण कृष्णपक्ष एकादशी तिथि। पूर्वाषाढा नक्षत्र, १०ः४५ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु, १६ः३२ बजेपछि मकर।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रोकिएको धन पाइन सक्छ । घरमा अतिथिको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आँटेको काम पनि पुरा होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ, स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बन्न लागेको काम बिग्रिनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला । आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भाग्यले विभिन्न अवसर जुराउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ, तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.