काठमाडौं । यस पटकको महाशिवरात्री पर्वलाई श्रीराम मन्दिर थापाथलिमा महामहोत्सवको रुपमा मनाइने भएको छ।
सप्ताहव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साधुसन्त विशिष्ट विद्वान र भक्तजनहरुले सहभागिता जनाउनेछन् । महाशिवरात्री पर्वलाई महामहोत्सवको रुपमा मनाउन फागुन १७ गतेदेखि नै गतिविधि शुरु गरिसकिएको छ ।
१७ गतेदेखि श्रीरामचरितमानस संगीतमय पारायण र राम कथा प्रवचन शुरु गरिसकिएको जानकी मन्दिरका उत्तराधिकारी एवं महामहोत्सव संयोजक श्री श्री १०८ महन्थ रामरोशन दासले बताए ।
यस वर्षको यही फागुन २५ गते शुक्रबार हुने महाशिवरात्रि पर्वलाई लक्षित गदै श्री रामान्नदीय वैष्णव वेरागी अखडाको आयोजनामा श्रीराम मन्दिर थापाथलिमा महाशिवरात्री महामहोत्सव- २०८० हुन लागेको हो ।
निष्ठा, विधि र भक्तिपूर्वक साधुसन्त र भक्तजनहरुको उपस्थितीमा फागुन १७- २७ गते सम्म आयोजना हुने (महाशिवरात्री महामहोत्सव- २०८०) मा १०८ भक्त यजमानहरुबाट महारुद्धाभिषेक पुजन, श्रीरामचरितमानस संगीतमय पारायण,यज्ञ, शिवपार्वती विवाह झाँकी,महा आरति,भजनकिर्तन,उत्सव अर्चाना तथा अन्नक्षेत्र भण्डारा सहितको कार्यक्रम रहेको श्री रामान्नदीय वैष्णव वेरागी अखडाले जनाएको छ ।
हराउँदै गएको संस्कार , संस्कृति , धर्ममा आपसी समभाव ,आपसी भाइचारा , दया , करूणा , प्रेम , भक्ति आदिले वैष्णव सूत्रमा बाधिएर सत्विचार तथा सत्चरित्रको एकरूपता स्थापित गर्ने उद्येश्यका साथ महाशिवरात्री महामहोत्सव आयोजना गरिएको श्री जानकी मन्दिरका उत्तराधिारी महन्त एवं महामहोत्सव संयोजक श्री श्री १०८ रामरोशन दासजी महाराजले बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।