add

पुण्य गौतम र युवराज सफल पक्राउ






ActPro Nepal

|

२१ फागुन, २०८०

|
120

काठमाडौं । आफूलाई अभियन्ता बताउने पुण्य गौतम ‘विश्वास’ र युवराज सफल पक्राउ परेका छन्। 

चितवनकी किशोरी शालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्ट आएपछि गौतम र सफल त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका थिए।

त्यही बेला उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले शालिनको पक्षमा शिक्षण अस्पतालमा पुगेर नाराबाजी गर्दै हुलहुज्जत गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।  उनीहरुलाई अहिले महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको छ। गौतम युट्युवर समेत हुन्। 

गौतम र सफलले भिडलाई प्रयोग गरेर घटनालाई अतिरञ्जित बनाउन खोजेको प्रहरी आरोप छ। चितवन रत्ननगरको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिएकी शालिनको पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको उल्लेख छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.