add

म्यानचेस्टर डर्बीमा पुनरागमन गर्दै सिटी विजयी






ActPro Nepal

|

२१ फागुन, २०८०

|
109

एजेन्सी। प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। म्यानचेस्टर डर्बीमा भएको खेलमा सिटीले बाजी मार्यो। 

सिटीले आफ्नै घरेलु मैदानमा युनाइटेडविरुद्ध ३–१ को पुनरागमन जित दर्ता गरेको हो। सिटीका लागि फिल फोडेनले दुई तथा एरलिङ हालान्डले एक गोल गरे।

खेलमा अग्रता भने युनाइटेडले लिएको थियो। खेलको आठौं मिनेटमा मार्कस र्यासफर्डले बक्स बाहिरबाट शक्तिशाली प्रहारले गोल गर्दै खेलमा युनाइटेडलाई अग्रता दिलाएका थिए।

सिटीले भने पहिलो गोल गर्न दोस्रो हाफ कुर्नु परेको थियो। ५६औं मिनेटमा फोडेनले पनि बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेलमा बराबरी गरे।

८०औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा सिटीलाई अग्रता दिलाए। जुलियन अल्भारेजको पास लिंदै बक्स भित्रबाट राम्रो फिनिश गर्दै उनले अग्रता दिलाएका थिए।

त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा हालान्डले गोल गर्दै सिटीको जित सुनिश्चित गरे।

जित पछि दोस्रो स्थानमा रहेको सिटीको २७ खेलमा ६२ अंक भएको छ। पहिलो स्थानमा रहेको लिभरपुलको समान २७ खेलमा ६३ अंक रहेको छ। युनाइटेड भने २७ खेलमा ४४ अंकसहित छैठौं स्थानमा छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.