add

गाजामा इजरायलको हवाइ आक्रमण : ३० प्यालेस्टिनीको मृत्यु






ActPro Nepal

|

२१ फागुन, २०८०

|
114

काठमाडौं । गाजापट्टीमा इजरायलले गरेको पछिल्लो हवाइ हमलामा कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु  भएको छ।  हमलामा थुप्रै घाइते भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतले बताएको छ।

सिन्ह्वाका अनुसार इजरायली लडाकु विमानहरूले गाजामा शनिबार रातभर ५० पटकभन्दा बढी आक्रमण गरेका थिए। गाजाका रफाह, खान युनिस, देर अल–बालाह र जबलिया शहरका घर र अन्य मानवीय संरचनालाई  आक्रमणको निशाना बनाइएको थियो।

दक्षिणी गाजाको रफाहको अल–सलामस्थित घरमा गरिएको आक्रमणमा बालबालिका र महिलासहित १६ जनाकोमृत्यु भएको हो। यसैगरी इजरायली विमानले गाजा शहरको उत्तरमा रहेको अल-सफ्तावी नजिकैको घरमा बम आक्रमण गरेको थियो। यहाँ चार प्यालेस्टिनीको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन्।

यसैगरी उत्तरी गाजा पट्टीको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा १० जना मारिएका छन्। 

यता इजरायली सेनाले गाजा पट्टीको दक्षिणमा रहेको खान युनिस शहरमा शनिबार आफ्ना तीन सैनिक मारिएको बताएको छ। इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को सशस्त्र शाखा, अल–कसाम ब्रिगेड्सले पनि शनिबार खान युनिस शहरको उत्तरमा रहेको अल-सतार क्षेत्रमा इजरायली सैनिक मारिएको र घाइते भएको बताएका छन्। 

यसैबीच इजिप्टका अधिकारीहरूसँग युद्धविराम सम्झौतामा वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल कायरो पुगेको छ।  प्राप्त विवरणअनुसार गत २४ घण्टामा गाजामा इजरायली हमलाबाट ९० जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने १७७ जना घाइते भएका छन्।

योसँगै ज्यान गुमाउनेको संख्या सङ्ख्या ३० हजार ४१० पुगेको र ७१ हजार ७०० घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजिप्टले कतार र संयुक्त राज्य अमेरिकासँग मिलेर मुस्लिमको पवित्र महिना रमजानअघि युद्धविराम सम्झौता गर्ने प्रयास गरेको छ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.