add

फागुन २१ गते साेमवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

२१ फागुन, २०८०

|
3874

आजको पञ्चाङ्ग

२०८० फागुन २१ गते | साेमवार ४ मार्च २०२४। फाल्गुण कृष्णपक्ष नवमी तिथि। ज्येष्ठा नक्षत्र, ११ः३८ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, ११ः३८ बजेपछि धनु।

आजको राशिफल

मेष : दैनिकी राम्रो छ। धार्मिक यात्रा हुने योग छ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा भने ठगबाट बच्नुपर्ने देखिन्छ। स्वास्थ्य र शिक्षामा सुधार हुनेछ।

मिथुन : संघर्ष गरेर कर्म क्षेत्रमा नाम कमाउने दिन हो। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारसँगको सम्बन्धमा भने खटपट हुनसक्छ।

कर्कट : खराब समय आएको छ। कुरा काट्नेहरु धेरै छन्। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। साथीसँग सहकार्य गर्दा जोगिएर काम गर्नुपर्ने हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

सिंह : सम्मानित हुने योग रहेको छ। यात्रामा प्राकृतिक विपत्तिबाट जोगिनुपर्नै देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वदेशमै लगानीका अवसर सिर्जना हुनेछन्। समय राम्रो भए पनि सफलताका लागि संघर्ष आवश्यक देखिन्छ।

कन्या : समय राम्रो छ। गुमेको धन भेटिने छ। हराएको साथीसँग अचानक भेट हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। मन खुशी हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँग सुझाव लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

तुला : दिन राम्रो छ। समय रमाइलो गरेर बित्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : दैनिकी सामान्य छ। तपाईंको श्रमबाट फाइदा लिनेहरु रमाउने देखिन्छ। बोलीमा नम्रता र व्यवहारमा लचकता आवश्यक छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदै हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : दैनिकी राम्रो छ। मेहनत गरेको क्षेत्रमा काम बन्नेछ। तपाईंको मिठो बोली नै आज उपयोगी बन्नेछ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : दैनिकी राम्रो छ। साथीहरुले साथ दिनेछन्। व्यापारबाट उल्लेखनीय उपलब्धि नहुनसक्छ। परिवारको सल्लाह लिएर मात्र काम गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। मदिराजन्य पदार्थबाट टाढा रहनुपर्ने देखिन्छ। भोज वा पार्टीमा सहभागी नभएकै राम्रो हुन्छ। सामाजिक क्षेत्रमा समस्या हुनेछ। परिवारको साथ र सहयोग रहने योग छ।

मीन : दिन राम्रो छ। नयाँ साथीसँग भेट हुनेछ। खर्च बढ्ने योग छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानी नै उत्साहजनक हुनेछ। परिवारमा कुरा बुझाबुझ नहुँदा खटपट हुनसक्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.