add

भारतका चर्चित गजल गायक पंकज उदासको निधन






ActPro Nepal

|

१५ फागुन, २०८०

|
129

काठमाडौं । चर्चित गजल गायक पंकज उदासको निधन भएको छ । पद्मश्री पंकज उदास लामो समयदेखि बिरामी थिए ।

७२ वर्षीय उदासको सोमबार  बिहान निधन भएको उनकी छोरी नायब उदासले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएकी हुन् ।

पंकज उदास लामो समयदेखि बिरामी थिए, उनलाई १० दिनअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।  पंकज उदासको निधनको खबर आएपछि सबैले उनलाई सम्झेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । यो खबरले संगीत जगतमा शोकको माहोल छाएको छ ।

पंकाज उदास ‘चिठी आयी है…’ र ‘जिए तो जिये कैसे…’ जस्ता धेरै प्रसिद्ध गीत र गजलबाट परिचित छन्। उनले नाम, साजन र मोहरा लगायत धेरै  हिन्दी फिल्महरूमा पार्श्व गायकको रूपमा पनि आफ्नो छाप छाडेका छन । 

पंकज उदासको मंगलबार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.