add

पर्वतमा शिखर इन्स्योरेन्सको बीमा सचेतना, जोखिम व्यवस्थापन र दाबी प्रक्रियाबारे सहजीकरण






ActPro Nepal

|

१५ फागुन, २०८०

|
77

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कुश्मा शाखाले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

पर्वतको मोदिखोला बहुउद्देश्यीय सहकारी सँस्था सँगको सहकार्यमा मोदि गाउँपालिकामा शनिबार बीमा सचेतना कार्यक्रम संचालन गरिएको हो ।

सो कार्यक्रममा कम्पनीका कुश्मा शाखा प्रमुख प्रकाश पोडेलले बीमाको महत्व, प्रक्रिया लगायतको विषयमा प्रशिक्षण दिएका थिए । उनले बीमालेखले रक्षावरण गर्ने जोखिमहरु, दाबी सम्बन्धी प्रकृया, नेपाल बीमा प्राधिकरण र बीमा एन तथा निर्देशिका बारे विविध जानकारीहरू प्रदान गर्दै जोखिम र जोखिमको व्यवस्थापनको लागी बीमा कसरी गर्न र दावी सम्बन्धी प्रक्रियाहरूबारे सहजकीकरण गरेका थिए ।

सोही अवसरमा मोदिखोला बहुउद्देश्यीय सहकारी सँस्थाका अध्यक्ष बेद प्रसाद तिमिल्सिनाले सुन्तलाको हब मानिने यस क्षेत्रका सबै कृषकहरूले सुन्तला बगैचामा लगानी गर्न नआत्ति अघि बद्न बीमाले हौसला प्रदान गरेको बताए ।

उनले सुन्तलासंगै घर, मोटरसाईकल र खास गरी कृषि बीमा बारे आएको जिज्ञासाले सचेतना कार्यक्रमले मोदी गाउँपालिका कृषकहरूलाई जोखिम, जोखिमको व्यवस्थापन आफै गर्न सबैलाई सचेत बनाएकोमा कम्पनीलाई धन्यबाद समेत दिएका थिए ।

छलफलको क्रममा स्थानिय कृषक इन्द कुमारी हमालले हालसालै आलुखेतीमा डडुवा लागि परेको क्षतिको सम्झना गर्दै अबको दिनमा उत्पादनमा आधारीत तरकारी बीमा गर्ने उत्साहित रहेको बताइन् ।

एक सय जना भन्दा बढी किसानहरुको सहभागीता रहेको उक्त कार्यक्रममा कम्पनीको गण्डकी प्रदेश प्रमुख बुद्धि प्रसाद तिवारीले सहभागीहरुको जिज्ञासाहरुप्रति सहजीकरण गरेका थिए । उनले ढुक्क भएर शिखर इन्स्योरेन्समा बीमा गर्न आग्रह समेत गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.