add

सर्वोत्तम सिमेन्टको आइपीओ खुल्यो, भर्न कम्तीमा १८ हजार चाहिने






ActPro Nepal

|

१३ फागुन, २०८०

|
223

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आज देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि सेयर जारी गरिसकेपछि अन्तिम चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले सर्वसाधरणका प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा आवेदन दिन कम्तीम १८ हजार ४५ रुपैयाँ चाहिने भएको छ । बुक बिल्डिङ विधिबाट जारी भएको आइपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्छ । सो अनुसार ५० कित्ताका लागि आवेदन दिन १८ हजार ४५ रुपैयाँ आवश्यक पर्ने भएको हो ।

कम्पनीको आइपीओमा फागुन १६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ।

सेयर निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर त्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा नै वित्तीय दायित्व बहन गर्न क्षमता मध्यम स्तरको रहेको जनाउँदछ ।

कम्पनीको उद्योग नवलपरासीको सुनवल नगरपालिका–११, जोडेनीमा रहेको छ । उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ । सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.