add

‘महाजात्रा’को महाकमेडी यात्रा’






ActPro Nepal

|

१३ फागुन, २०८०

|
271

काठमाडौँ । फिल्म ‘महाजात्रा’ फिल्म प्रचारका लागि निर्माण समूहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । निर्माण समूहका अनुसार यात्रा दुई चरणमा हुनेछ ।

दर्शकहरूलाई सहर–सहरमा पुगेर फिल्म हेर्न आमन्त्रण गर्नका लागि निर्माण समूहले यात्राको तयारी गरेको हो । फिल्मका निर्देशक म्याक्स खत्री भन्छन्, ‘हामीले फिल्म प्रचारका लागि मोफोसलमा पनि गतिविधि गर्ने लागेका हौं । उहाँहरूको मनोरञ्जनका लागि विभिन्न कार्यक्रम पनि गर्ने तयारी छ ।’

यात्रा अन्तर्गतका कार्यक्रममा विभिन्न सहरमा ‘महाजात्रा’को कलाकार हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउतसहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठलगायतको प्रस्तुति रहने निर्माण पक्षले जानकारी दिएको छ ।

त्यस्तै, अन्य हास्यकलाकार सुमन कोइराला, प्रभात लामा, सन्तोष थापा पनि यस यात्रामा सहभागी हुने बताइएको छ ।

प्रदीप भट्टराईको निर्देशन रहेको यो फिल्म चैत ९ गतेबाट प्रदर्शनमा आउँदै छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.