add

दूरसञ्चार प्राधिकरणले भन्यो- ‘टिकटक चलिरहेको भए तत्काल जानकारी गराउनू’






ActPro Nepal

|

१२ फागुन, २०८०

|
175

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटक विभिन्न माध्यमले सञ्चालन भइरहको सुचना प्राप्त भएको भन्दै सुचना जारी गरेको छ।

प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेर नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको भए पनि अझै केही सेवा प्रदायकहरूको नेटवर्कमा टिकटकको पहुँच पुगिरहेको भन्दै तत्काल रोक्न भनेको छ। 

प्राधिकरणले यसको सूचना पाइएकाले त्यस्ता सेवा प्रदायक कम्पनीहरूबारे जानकारी दिनसमेत अनुरोध गरेको छ। 

सरकारको निर्णय कार्यान्वयन नगर्ने केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई स्पष्टिकरण सोधी कारबाही प्रक्रिया अगाडि बढाइएकोसमेत प्राधिकरणले जानकारी दिएको छ।

सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले दिएको निर्देशन पालना नगरेको पाइए दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.