add

एमाले केन्द्रीय कमिटीद्वारा २२ बुँदे एकता प्रस्ताव पारित






ActPro Nepal

|

१० फागुन, २०८०

|
157

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्तावलाई पारित गरेको छ।

पार्टी कार्यालय च्यासलमा मंगलबारदेखि जारी बैठकले २२ बुँदे प्रस्ताव पारित गरेको हो।

बैठकमा नौ समूहको छलफलबाट निकालिएका निष्कर्षलाई सुझावका रूपमा प्रस्तुत गरिएको छ।

स्थायी कमिटीबाट काशीनाथ अधिकारी, कोशीबाट घनश्याम खतिवडा, मधेसबाट चन्द्रेश्वर मण्डल, बागमतीबाट कैलाश ढुङ्गेल, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट गुलावजंग शाह, सुदूरपश्चिमबाट कृष्णप्रसाद जैसी र विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवास समूहबाट पेम्बा लामाले आ-आफ्‌नो समूहको तर्फबाट सुझाव प्रस्तुत गरेका थिए।

राज्य सञ्चालनको जिम्मेवारी लिएका गलत पात्रहरूका कारण लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमाथि नै चुनौती थपिँदै गएको बैठकको ठहर छ।

‘गठबन्धन सरकारको कुशासन, राज्य सञ्चालनमा बढिरहेका बेथिति एवं गैरजिम्मेवार क्रियाकलापका कारण समाजका प्रत्येक अवयवहरू संकटग्रस्त बन्दै गएका छन्। राज्य सञ्चालनको जिम्मेवारी लिएका गलत पात्रहरूका कारण लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमाथि नै चुनौती थपिँदै गएको छ,’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रहरीद्वारा अन्धाधुन्ध बल प्रयोगका कारण ललितपुरको बालकुमारीमा दुई र सर्लाहीको बरहथवामा एक जना युवाको अनाहकमा ज्यान गएको भन्दै पार्टीले दोषीहरूलाई कारबाही गर्न, मृतकहरूका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।

यी हुन् पारित २२ बुँदे प्रस्ताव



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.