add

माछापुच्छ्रे बैंकको भिडियो केवाईसी सेवा, फर्म भर्न र नयाँ खाता खोल्न बैंकसम्म धाउनै नपर्ने






ActPro Nepal

|

१० फागुन, २०८०

|
70

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ ।

उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सकिनेछ ।

भिडियो केवाईसी मार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु पर्ने छैन् ।

यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवा मार्फत आफ्नो खाता एक्टिभेट गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने छ । हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ जसमा भीडियो केवाईसी सेवाको उपयोग गरी बैंक सम्म पुग्नु पर्ने झन्झट हटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.