add

अर्थमन्त्री महतको प्रतिवेदन : निजी क्षेत्रको मनोबल वृद्धि, आर्थिक गतिविधिमा सुधार






ActPro Nepal

|

८ फागुन, २०८०

|
468

गोदावरी ललितपुर । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी क्षेत्रमा नियामक निकाय बन्न सकेमात्र यस क्षेत्रको समस्या समाधान हुने दाबी गरेका छन् । 

पार्टीको जारी महासमिति बैठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै उनले नियामक निकाय ‘सेकेण्ड टाइयर इन्सीच्यूसन’ गठन प्रकृया अघि बढिसकेको जानकारी दिए । 

उनले सहकारी क्षेत्रमा विद्यमान समस्याले साना बचतकर्ताको रकम जोखिममा परेको प्रतिवेदनमा उल्लेख गरेका छन् । 

“सहकारी क्षेत्रको नियमन व्यवस्था प्रभावकारी नभएका कारण यस्तो समस्या देखिएको हो । यस क्षेत्रलाई साना बचतकर्ताको बचत परिचालन गर्ने र भरपर्दो क्षेत्रको रूपमा स्थापित गर्नु चुनौती पूर्ण भएको छ,” उनले लेखेका छन्, “सहकारी क्षेत्रको नियामक निकाय गठन प्रकृया अघि बढाइएको छ । यस निकायले कर्याप्रारम्भ गरेपछि सहकारी क्षेत्रको समस्या निराकरण हुने अपेक्षा छ ।”

प्रतिवेदन मार्फत डा. महतले देशको अर्थतन्त्र ‘समस्या मुक्त भइनसकेको’ उल्लेख गरेका छन् । आर्थिक परिसूचक अनुकुल भएपनि राजश्व वृद्धि अपेक्षित हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण भएको स्वीकार उनको छ । 

“अर्थतन्त्रका अधिकांस परिसूचक सकारात्मक रहेको भएपनि वास्तविक क्षेत्रमा आर्थिक कृयाकलापहरूको विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि गर्नु एक प्रमुख चुनौती हो,” उनले प्रतिवेदन प्रस्तुत गर्दै भने । 

प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार नहुनुमा प¥याप्त तयारीविना बजेट प्रस्ताव ल्याउने कार्य पनि प्रमुख कारक भएको उल्लेख गरेका छन् । सार्वजनिक खर्च व्यवस्थापनमा गम्भिर खालका चुनौतीहरू रहेको भन्दै उनले बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृत्तिले अर्थतन्त्रमा थप समस्या सिर्जना गरेको बताए । 

“अनावश्यक देखिएको संरचना खारेज नगर्ने प्रवृत्ति विद्यमान छ,” उनले भने, “वैदेशिक साहयताको उपयोग क्षमता कमजोर हुनुले उपयोग विनियोजनको औसत ५० प्रतिशत जतिमात्र रहेको छ ।”

अर्थमन्त्री महतले देशको अर्थतन्त्र सुधारका संभावनका क्षेत्रहरूमा जलविद्युत् आयोजना, कृषिको व्यवसायीकरण, पर्यटन, सूचना प्रविधिको क्षेत्र औँल्याएका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.