add

यूनाइटेड अजोड इन्स्योरेन्स ३० औँ साधारणसभा सम्पन्न






ActPro Nepal

|

८ फागुन, २०८०

|
131

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सकोे ३० औँ वार्षिक साधारण सभा आज फाल्गुन ६ गते सम्पन्न भएको छ । अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सम्पन्न साधारणसभा साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) र साबिकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात् भएको हो । 

गत जेठ १४ गतेबाट एकीकृत कारोबार भएको सो कम्पनीको पुँजी रु १ अर्ब ९० करोड ४५ लाख ६८ हजार  कायम भएको थियो । 

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साबिक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखा परीक्षण प्रतिवेदन सहितको लेखा परीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरी सभा सम्पन्न भएको छ । 

आर्थिक वर्ष २०८०÷८१ का लागी बाह्य लेखा परीक्षक जे.बि. राज भण्डारी एन्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गरेको छ ।  

कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशतले हुन आउने रकम रु.१९ करोड ५४ लाख ३२ हजार र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ प्रतिशतका दरले हुने रकम रु.१ करोड दुई लाख ८५  हजार ८ सय चौरानब्बे र चौहत्तर पैसा नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

सभाले सञ्चालक समितिको सदस्यहरूको निर्वाचन समेत सम्पन्न गरेको छ । जसमा संस्थापक सेयर धनीतर्फ अजाद श्रेष्ठ, प्रणव कुमार दास (प्रतिनिधि श्री सी.जी. फुडस् नेपाल ली.) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रा.ली.) निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै सर्वसाधारण सेयर धनीतर्फ पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध रूपमा निर्वाचित गरेको हो ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.