add

नेपाल पुनर्बीमा कम्पनीको ३६ लाख कित्ता सेयर लिलामी खुल्यो, न्यूनतम मूल्य कति ?






ActPro Nepal

|

८ फागुन, २०८०

|
117

काठमाडौं । आज देखि नेपाल पुनर्बीमा कम्पनीको झन्डै ३६ लाख कित्ता संस्थापक सेयर लिलामी खुल्ने भएको छ ।

कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लिमिटेड, ग्लोबल आइएमई क्यापिटल र हाथवे इन्भेष्टमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा भएको सेयर बेच्न लागेका हुन् ।

यी कम्पनीले आफ्नो स्वामित्वमा रहेको कुल ३५ लाख ८७ हजार ४३४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएका हुन् । जसमा आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको २० लाख कित्ता, आइएमई लिमिटेडले ७ लाख ५० हजार कित्ता, ग्लोबल आइएमई क्यापिटलले १ लाख ८७ हजार ४३४ कित्ता र हाथवे इन्भेस्टमेन्टले ६ लाख ५० हजार कित्ता सेयर बेच्न लागेका हुन् ।

यस लिलामी सेयरमा चैत १२ गतेसम्म आवेदन दिन पाइने छ । लिलामी सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीको आवेदन नपरे मात्र दोस्रो चरणमा सर्वसाधरणका लागि पुनः आवेदन खुला गरिनेछ ।

इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट तोकी गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ । कम्पनीको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ नघटाइ आवेदन दिनुपर्नेछ ।

बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा पेस गर्न सकिनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.