काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
साधरण सभा तथा लाभांश प्रयोजनका लागि हिमालयन रिले भोलि (फागुन ७ गते) र एशियन लाइफले पर्सी (फागुन ८ गते) बुकक्लोज मिति तोकेका छन् । भोलि प्रजातन्त्र दिवसको दिन सार्वजनिक बिदा भएकाले दुवै कम्पनीको आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।
हिमालयन रिले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेका छ । उक्त लाभांश पारित गर्न कम्पनीले फागुन २० गते तेस्रो वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ ।
त्यसैगरी, एशियन लाइफले गत वर्षको नाफाबाट ७.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४० प्रतिशत नगद गरी कुल ८.१५ प्रतिशत लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले फागुन १८ गते होटल क्लासिक सिमरा, बारामा १६ औं वार्षिक साधरण सभा बोलाएको छ ।
दुवै कम्पनीको साधरण सभाले प्रस्तावित लाभांश पारित गरेपछि सेयरधनीले पाउने छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।