add

आर्थिक ऐनलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्छ : व्यवसायी






ActPro Nepal

|

६ फागुन, २०८०

|
342

काठमाडौं । उद्योगी व्यवसायीहरूले आर्थिक ऐनलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय व्यापार सङ्घको १९औँ वार्षिक साधारणसभा एवं १०औँ अधिवेशनको शनिबार उद्घाटनमा उनीहरूले समय सापेक्ष नीति परिमार्जन हुनुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजस्व परामर्श समिति र सरकारका अन्य समितिमार्फत व्यवसायीलाई परेको समस्या समाधानका चेम्बरले अग्रणी भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । ‘समयअनुसार ऐन परिवर्तन हुँदै जानुपर्छ, उद्योग व्यवसायको क्षेत्रमा देखिएको समस्या समाधानमा व्यवसायी एकजुट हुनुपर्छ,’ उनले भने ।

उनले छिमेकी मुलुक भारतसँग रु ४ खर्ब १४ अर्ब र चीनसँग एक खर्ब ४५ अर्ब व्यापारघाटा रहेको भन्दै निर्यात प्रवर्द्धनमा जोड दिनुभयो । उनले व्यापारिक वृद्धिका लागि सामूहिक लगानीलाई बढावा दिनुपर्ने भन्दै लगानीमैत्री वातावरण निर्माणमा लाग्नुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं राष्ट्रपतिका आर्थिक सल्लाहकार डा। चिरञ्जीवी नेपालले नयाँ पुस्तालाई उद्योग–व्यवसायमा लगाउन सकिएमात्र देशको विकास हुने बताए । उनले सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गरे । डा नेपालले क्षमतावान, बुद्धिमान र जोखिम मोल्न सकेमात्र व्यापार अगाडि बढाउन सकिने बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंकको चर्को ब्याजदरका कारण व्यवसायी मारमा परेको बताए । उनले कर्जा प्रवाहको ब्याजदर एकल अङ्कमा ल्याउन सरकारलाई आग्रहसमेत गरे ।

नेपाल उद्योग सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले करका दर र त्यसका शीर्षकलाई सीमित बनाउन सरकार लाग्नुपर्ने बताए । अध्यक्ष श्रेष्ठले व्यावसायिक दर्ता र कर एक ठाउँमा मात्र गर्ने व्यवस्था मिलाउन सरकारलाई ध्यानाकर्षण गरे ।

राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष सरोजकुमार श्रेष्ठ, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्की, राष्ट्रिय व्यापार सङ्घका महासचिव बैकुण्ठ दाहाललगायतले देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको साना तथा मझौला व्यवसायीलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.