काठमाडौ । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको खुद नाफा बढेको छ ।
कम्पनीहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण गत आवको तुलनामा कम्पनीहरुको खुद नाफा औसतमा २०.५२ प्रतिशतले बढेको छ ।
हाल संचालनमा रहेको १४ जीवन बीमा कम्पनीले चालु वर्षको पुस मसान्तसम्म कम्पनीले कुल ३ अर्ब ०८ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ५२ करोड ५१ लाख रुपैयाँ धेरै हो । गत वर्ष पुससम्म कुल २ अर्ब ५५ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
दोस्रो त्रैमाससम्ममा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै नाफा कमाउने जीवन बीमा कम्पनी बनेको छ । गत वर्षको तुलनामा १२.९० प्रतिशतले नाफा बढाएको नेपाल लाइफले पुससम्म ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, नेपाल लाइफलाई पछ्याएको हिमालयन लाइफले ३४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । पुससम्म सन नेपाल लाइफले ३२ करोड ८४ लाख, नेशनल लाइफले २५ करोड ५१ लाख, सूर्यज्योतिले २३ करोड ६६ लाख, आइएमई लाइफले २३ करोड ४७ लाख, रिलायबल लाइफले २३ करोड ९ लाख रुपैयाँ खुद नाफाकमाएका छन् ।
त्यसैगरी, सानिमा रिलायन्सले २१ करोड ९७ लाख, मेट लाइफले १९ करोड ३८ लाख, प्रभु महालक्ष्मीले १७ करोड ६४ लाख, एशियन लाइफले १५ करोड ९८ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १३ करोड ६६ लाख र सिटिजन लाइफले १२ करोड ३६ लाख नाफा कमाएका छन् ।
समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले सबैभन्दा कम १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ ।
हेर्नुस् कुन अवस्था कस्तो ?
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।