add

फागुन ४ गते शुक्रवार , यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

४ फागुन, २०८०

|
721

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० फागुन ४ गते | शुक्रवार १६ फेब्रुअरी २०२४। माघ शुक्लपक्ष सप्तमी तिथि, १४ः२९ बजेपछि अष्टमी। भरणी नक्षत्र, १४ः१२ बजेपछि कृत्तिका। चन्द्रराशि मेष।

आजको राशिफल

मेष : ठुलो कामको सुरुवात गर्नुपर्ने दिन छ। कुनै कामको सुरुवात गर्ने हिम्मत नगरे घाटा हुनेछ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा शान्ति रहनेछ।

वृष : आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। चन्द्र उदय योग रहेको छ। जसले गर्दा साथीभाइ सकारात्मक छन्। सञ्चित धन खर्च गरेर आफ्नो भविष्य निर्माण गर्ने दिन हो। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुन : दैनिकी राम्रो छ। सम्पत्ति भन्दा इज्जतको प्रशंसा हुने योग छ। लगानीबाट वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा भने अल्छीपनले दुःख दिनेछ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कट : दैनिकी सामान्य छ। गुरुबाट सहयोग मिल्नेछ। तपाईंका साथी भने गलत कामको पर्खाइमा बसेका छन्। सामाजिक क्षेत्रमा झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारको साथ निरन्तर मिल्नेछ।

सिंह : दैनिकी राम्रो छ। कर्मको फल प्राप्त गर्ने योग रहेको छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। यात्राका क्षण रमाइला रहनेछन्। सामाजिक क्षेत्रमा सेवाको मौका मिल्नेछ। परिवारबाट धोखा हुने योग रहेको छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

कन्या : दिन राम्रो छ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। परोपकार गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा लाभ, शिक्षामा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

तुला : समय सामान्य छ। यात्रा गर्नुपरे दक्षिण नजानु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान मिल्नसक्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। सूर्यको सामु अध्यारो हराए झै प्रतिस्पर्धी पराजित हुनेछन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारमा मनमुटाव हुनेछ। कुकुरसँग सचेत हुनुपर्ने देखिन्छ।

धनु : दिन राम्रो छ। आर्थिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमै सम्भावना देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ।

मकर : पुरानो रोग बढ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने दिन छ। सामाजिक क्षेत्रमा आफ्नो विरोध आफैंले सुन्नु पर्नेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। शब्दको जालमा फस्ने जोखिम हुनसक्छ। आफन्तले असहयोग गर्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्रप्त हुनेछ।

मीन : दिन राम्रो छ। तपाईंलाई भावनात्मक साथ र सहयोग गर्ने धेरै छन्। गुरुबाट असहयोग हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.