add

झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

२ फागुन, २०८०

|
91

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० विन्दुमा पुगेको हो ।

यसदिन ३०२ कम्पनीको ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँ बराबरको १ करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर किनबेच भएको छ ।

आज पनि हिमालयन रि९इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

यसको १ करोड ७१ लाख बढीको शेयर किनबेच भएको छ । झिनो अंकले बढेको बजारमा ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बढ्दो बजारमा आज ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल फाइनान्स, पाँचथर पावर र बोटलर्स नेपाल (बालाजु)को शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, समाज लघुवित्त र जोही हाइड्रोपावरको शेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.