add

सिंगटी हाइड्रोको हकप्रद सेयर बिक्री खुल्यो






ActPro Nepal

|

२ फागुन, २०८०

|
184

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज (कार्यालय समय)देखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले फागुन २२ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट सी–ंआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर निष्काशनका लागि पुस २२ गते बुकक्लोज गरेको थियो । सो अनुसार पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल १ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

हकप्रदबाट प्राप्त रकममध्ये ६५ करोड रुपैयाँ ऋण भुक्तानी गर्ने र बाँकी अर्बिट इनर्जी प्रालि र ह्याबिटाट पावर कम्पनी प्रालिमा लगानी गर्ने कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.