add

आज २०८० फागुन १ गते मंगलवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

१ फागुन, २०८०

|
845

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० फागुन १ गते | मंगलवार १३ फेब्रुअरी २०२४। माघ शुक्लपक्ष चतुर्थी तिथि। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन।

आजको राशिफल

मेष–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभकार्यमा सरिक भइनेछ ।

वृष–आज रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ। रोकिएको धन पनि हात पर्ला ।

मिथुन–आज सहकर्मीबाट विरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय पनि छ, अत: सावधानी अपनाउनु नै उपयुक्त होला ।

कर्कट–धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

सिंह–कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ। घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

कन्या–आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। साथीभाइसँग समय पनि बित्नेछ ।

तुला–विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृश्चिक–आज यात्राको सम्भावना छ । सामाजिक कामको दायित्त्व बढ्नेछ । भूमि र वाहनबाट लाभ मिल्ने योग छ। प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ ।

धनु–बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

मकर–आज कुनै समाचारले मनमा प्रसन्नता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ कार्य पनि हुनेछन् ।

कुम्भ–आज मनमा दुविधाहरू उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सरकारी निकायको भय रहनेछ ।

मिन– एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.