add

केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधार सुधार गर्नुपर्छ : अध्यक्ष ढकाल






ActPro Nepal

|

२८ माघ, २०८०

|
264

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधारलाई सरकारले उच्च प्राथमिकता दिएर व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौँमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले नेपाल–चीन जोड्ने अहिले सञ्चालनमा रहेका व्यापारिक नाकाहरु जाने सडक पूर्वाधारहरु तुलनात्मक रुपमा कमजोर रहेको बताए । उनले सरकारले चीनसँगको व्यापार व्यवसायलाई सहज बनाउनको लागि सबै भन्दा पहिला सडक सञ्जाललाई व्यवस्थित बनाउनुपर्ने बताए । अध्यक्ष ढकालले नाकासम्म जोड्ने सडक पूर्वाधारलाई व्यवस्थित बनाउँदै विकास गर्न आवश्यक देखिएको उल्लेख गरे ।

उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको समयमा भएका सम्झौताहरुले नाकाहरु सहज रुपमा अगाडि बढाउने र नयाँ नाका खोल्ने सम्झौताहरु भयो । त्यसले नेपालको व्यवसायीक गतिविधि बढाउन धेरै भुमिका निर्वाह गर्ने अपेक्षा रहेको छ । चीनसँगका सञ्चालनमा रहेका व्यापारिक नाकाहरु जाने सडक पूर्वाधारहरु तुलनात्मक रुपमा कमजोर रहेको अवस्था छ । नाकासम्म जोड्ने सडक पूर्वाधारलाई व्यवस्थित बनाउँदै विकास गर्न आवश्यक छ । सीमा नाकाहरु जोड्ने सडक सञ्जाललाई व्यवस्थित बनाउन पहल गर्नुपर्ने छ ।’

अध्यक्ष ढकालले प्रधानमन्त्रीको चीन भ्रमणको समयमा भएका सम्झौताहरुले नाकाहरु सहज रुपमा अगाडि बढाउने र नयाँ नाका खोल्ने सम्झौताहरु भएकाले नेपालको व्यवसायीक गतिविधि बढाउन धेरै भुमिका निर्वाह गर्ने अपेक्षा रहेको दाबी गरे । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.