add

प्रधानमन्त्री बनेपछि उत्तरी क्षेत्रका नाकामा आवतजावत सहज भएको छ : प्रधानमन्त्री दाहाल






ActPro Nepal

|

२८ माघ, २०८०

|
187

काठमाडौ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नेपाल-चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताएका छन्।

शनिवार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले तेस्रो पटक प्रधानमन्त्री बनेदेखि नै सबैभन्दा धेरै प्राथमिकता नेपाल चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्न बढी ध्यान दिएको दाबी गरे।

परिणामस्वरुप तातोपानी लगायतका उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको प्रधानमन्त्री दाहालको दाबी छ। उनले चिनियाँ राजदुतसँग पनि केही दिनअघि मात्रै आफ्नो चीन भ्रमणका क्रममा भएको सम्झौता र सहमति अघि बढाउने बारेमा छलफल गरेको बताए।

उनले छलफलमा परम्परागत नाकाहरु खोल्ने, टोखा-छहरे सुरुङ मार्गको डिपिआर तयार गर्ने र हिल्सा—सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.