add

आज २०८० माघ २८ गते आइतवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

२८ माघ, २०८०

|
676

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० माघ २८ गते | आइतवार ११ फेब्रुअरी २०२४। माघ शुक्लपक्ष द्वितीया तिथि। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ।

आजको राशिफल

मेष– आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्नेछ, तर वैदेशिक कामहरू सहजै अघि बढ्नेछ ।

वृष–आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध भने अधिक सुखद् रहनेछ ।

मिथुन–आज आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ, तर साँझपख अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

कर्कट–लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्तिको कारोबार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

सिंह– नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउनेछ, तर आफन्तको साथ मिल्नेछ ।

कन्या–आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

तुला–आज छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ ।

वृश्चिक–आजको समय उत्साहवर्द्धक नै रहला । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापारमा लाभ समेत हुनेछ ।

धनु–आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ, तर साँझमा भने काम बन्नसक्छ ।

मकर–आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ–महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । परीक्षा तथा शिक्षामा सफलता मिल्नेछ । घरजग्गाको कारोबारमा समेत सफलता मिल्नेछ 

मिन–आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.