add

सीवाइसी लघुवित्तको खुद ब्याज आम्दानी बढ्यो






ActPro Nepal

|

२५ माघ, २०८०

|
211

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ११.६ प्रतिशतले घटेको हो ।

चालु आवको पुस मसान्तसम्म लघुवित्तले २ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २८ लाख रुपैयाँ कम हो । गत वर्ष पुससम्म सीवाइसीले २ करोड ३८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी बढे पनि संचालन नाफा घट्दा र खराब कर्जा बढ्दा नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.५५ प्रतिशतले बढेर १३ करोड १८ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने २६.९७ प्रतिशतले घटेर २ करोड ४९ लाख रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब २६ करोड निक्षेप संकलन र २ अर्ब ३२ करोड सापटी लिइ कुल ५ अर्ब ७२ करोड कर्जा प्रवाह गरेको छ ।

हाल २६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिडेन्ड अर्निङ तथा जगेडा कोषमा ३२ करोड ४४ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा १ करोड ६४ लाख रुपैयाँ छ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३९.२४ रुपैयाँबाट घटेर १५.८४ रुपैयाँमा सीमित भएको छ ।

यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २१४.३२ रुपैयाँ र खराब कर्जा ४.७७ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.