add

झ्यामोलोङ्गमा हाइड्रोपावारले आईपीओ निष्काशन गर्ने






ActPro Nepal

|

२५ माघ, २०८०

|
206

काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणहरुको लागि साधारण सेयर निष्काशन गर्ने भएको छ। सर्वसाधारणको लागि निष्काशन (आईपीओ) बिक्रीका लागि कम्पनीले एलएस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको हो ।

करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी आइरहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले अंकित मूल्य १०० रुपैयाँ दरले कुल ५१ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । उक्त सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत०का लागि निष्काशन हुनेछ ।

साधारण सेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठबीच समझदारी भएको छ । कम्पनीको करर्पोरेट कार्यालय कुपन्डोल, ललितपुरमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गरिने सम्झौता भएको हो ।

जारी पुँजी २ अर्ब ५५ करोड रहेको झ्यामोलोङ्ग हाइड्रोपावारले करुवा सेती हाइड्रोपावरको करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भएपश्चात यसै आर्थिक वर्ष भित्रविद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना कम्पनीको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.