add

प्रतिनिधिसभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने






ActPro Nepal

|

२५ माघ, २०८०

|
347

काठमाडौँ । सङ्घीय संसद्को तेस्रो अधिवेशनको सुरुमै प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आगामी फागुन ६ गते आइतबार सो कार्यक्रम हुने जानकारी गराएका हुन् ।

उनले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सो प्रश्नोत्तर कार्यक्रम तय गरिएको पनि बताए । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरूले आगामी फागुन २ गते अपराह्न ३ बजेभित्र संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयसमक्ष आफ्नो प्रश्न लिखित रूपमा उपलब्ध गराउन पनि सांसदहरूलाई सूचित गरिएको छ ।

‘प्रतिनिधिसभा नियमावली २०७९ परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम यही २०८० साल फाल्गुन ६ गतेको बैठकमा हुने गरी निर्धारण गरेको ब्यहोरा जानकारी गराउँछु’ सभामुख घिमिरेले भने, ‘साथै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यस अघि नै समूह विभाजन भइसकेको र समूह ३ मा रहेका माननीय सदस्यहरूले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० फागुन २ गते बुधवार दिनको ३ बजेभित्र सङ्घीय संसद्को महासचिव समक्ष आफ्नो प्रश्न लिखित रूपमा दिन सक्नुहुने ब्यहोरा समेत जानकारी गराउन चाहन्छु ।’

प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था नियमावलीमा छ । सोहीअनुसार आगामी फागुन ६ गते पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको हो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.