add

माओवादी केन्द्रको विधान अधिवेशनपछि एकता हुन्छ : अध्यक्ष यादव






ActPro Nepal

|

२३ माघ, २०८०

|
474

काठमाडौ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा खानेपानीमन्त्री महिन्द्र राय यादवले माओवादी केन्द्रको विधान अधिवेशनपछि पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री यादवले माओवादी केन्द्रको आगामी विधान अधिवेशनपछि नेसपा र माओवादी केन्द्रका बीचमा एकता प्रक्रिया अगाडि बढ्ने बताए । उनले एकता भएर एकता महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताए ।

उनले एकता प्रक्रिया अघि बढाउने विषयमा पार्टीभित्र विवाद नरहेको समेत दाबी गरे । ‘हाम्रो पार्टीमा एक लाइननै हो । केन्द्रीय कमिटीको बैठकबाट एकताका लागि सर्वसम्मत निर्णय भएको छ । माओवादीसँग वार्ता गर्ने, संवाद गर्ने, त्यसको लागि बाबुराम भट्टराईको नेतृत्वमा ६ सदस्यीय संयोजन समिति बनेको छ,' उनले भने, 'माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डजीको नेतृत्वमा समिति बनेको छ । अब त्यसलाई पूर्णता दिएर औपचारिक बैठक बस्छौँ ।'

उनले एकताका लागि नेसपाले लिखितरुपमा ९ बुँदा दिएको र त्यसको बारेमा छलफल भइरहेको बताए ।

'माओवादीको विधान अधिवेशन हुँदैछ । विधान अधिवेशनबाट उहाँहरुले जुन-जुन निर्णय गर्नुभएको छ। त्यसलाई कार्यान्वयन गर्नेतिर अगाडि बढ्छ । त्यसपछि हाम्रो उहाँहरुसँग फेरि औपचारिक छलफल हुन्छ,' उनले भने ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.