add

केपी ‌ओलीप्रति बालेनको कटाक्ष, बन्दै नबनेको धरहरा तीन वर्षअघि नै उद्घाटन गर्नेलाई प्रश्न गरौँ






ActPro Nepal

|

२२ माघ, २०८०

|
414

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पौने तीन वर्ष बित्दा धरहराको निर्माण पूरा नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्। 

धरहरा क्षेत्रमा रहेको पार्किङ खुला गरेलगत्तै संघीय सरकारले पत्र लेखेर बन्द गराउनु भनेपछि बालेन आक्रोशित भएका हुन्।     

‘आजभन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट  ‘सेतो टावर’ उदघाटन भयो । सोही उदघाटनलाई काठमाडौँका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले भन्नु भएको थियो’, उनले लेखेका छन्, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालीन अवस्थामा भएको भए केपि ओली टावर भन्थे । तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’

उनले उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकी महानगरलाई लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो भनी प्रश्न गरेका छन्। ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलिले भन्नू भएको थियो।’ उनले लेखेका छन्, ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ।’

तोकिएको समयमा काम सम्पन्न नगर्ने र भित्तामा नाम लेख्न हतारोमा निर्णय भई उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचारको नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउनुपर्ने उनले बताएका छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.