add

मेरो माइक्रोफाइनान्सले कमायो ६ करोड ४३ लाख नाफा






ActPro Nepal

|

१९ माघ, २०८०

|
306

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साढे ६ करोड नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ६ करोड ४३ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, कम्पनीको यो नाफा गत आवको पुस मसान्तसम्मको तुलनामा भने ५.१४ प्रतिशत कमी हो । गत आवको दोस्रो त्रैमासमा भने कम्पनीले ६ करोड ७७ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने सामान्य (१.१७ प्रतिशत) बढेर ३९ करोड ६३ लाख रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको संचालन नाफा पनि सामान्य ३.१५ प्रतिशत घटेर ९ करोड १८ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य नाफा ६ करोड ९७ लाख कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने ६४ करोड ९६ लाख ८७ हजार रुपैयाँ राखेको छ।

कम्पनीको खराब कर्जा भने २.९१ प्रतिशत बढेर ७.८७ प्रतिशत पुगेको छ । यता, प्रतिसेयर आम्दानी (इपिएस) ९ रुपैयाँ ७४ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १४९ रुपैयाँ २२ पैसा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.