add

युनिक नेपाल लघुवित्तको खुद नाफा दोब्बरले बढ्यो, खराब कर्जा भने १० प्रतिशत पुग्यो






ActPro Nepal

|

१९ माघ, २०८०

|
303

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ११८.८२ प्रतिशतले बढेको हो ।

लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा ३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा धेरैले बढी हो । लघुवित्तले गत वर्षको पुससम्म १ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी घटे पनि सञ्चालन नाफा बढ्दा नाफामा छलाङ मारेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.८३ प्रतिशतले घटेर ११ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ ।

यस अवधिमा लघुवित्तको संचालन नाफा भने १३०.५८ प्रतिशतले बढेर ४ करोड ५९ लाख रुपैयाँ पुगेका छ ।

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ५४ करोड रुपैयाँ निक्षेप र ३ करोड रुपैयाँ सापटी लिई कुल ३ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल १४ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा १५ करोड २६ लाख रुपैयाँ र जगेडा कोषमा १८ करोड २५ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २२.३६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३२४.६४ रुपैयाँ रहेको छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा भने बढेको छ । गत वर्ष ७.३७ प्रतिशत रहेको खराब कर्जा बढेर ९.९२ प्रतिशत पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.