add

माण्डु हाइड्रोपावरको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ?






ActPro Nepal

|

१९ माघ, २०८०

|
266

काठमाडौं । माण्डु हाइड्रोपावरको खुद नाफामा सुधार आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ११.७८ प्रतिशतले बढेकोे छ ।

कम्पनीले चालु आवको पुस मसान्तसम्म १७ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १ करोड ७९ लाख रुपैयाँ धेरै हो । माण्डुले गत वर्षको दोस्रो त्रैमासमा १५ करोड २६ लाख खुद नाफा कमाएको थियो ।

विद्युत् विक्रीबाट प्राप्त हुने आम्दानी घटे पनि वित्तीय लागत घट्दा कम्पनीके नाफामा सुधार देखिएको हो । समीक्षा अवधिमा कम्पनीले बिजुली बिक्रीबाट ४१ करोड ५२ लाख रुपैयाँमा आम्दानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४.०४ प्रतिशत कम हो । गत वर्ष पुससम्म कम्पनीले विद्युत् बिक्रीबाट ४३ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सामीक्षा अवधिमा कम्पनीको वित्तीय लागत २३.८० प्रतिशतले घटेर १२ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ ।

हाल १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ३७ करोड १९ लाख रुपैयाँ र सेयर प्रिमियममा १७ करोड ५ लाख रुपैयाँ संचित छ ।

खुद नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी भने थेरै घटेको छ । गत वर्ष २५.४३ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा २५.०२ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १३९.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.४२ गुणा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.