हिउँ खेल्न जाँदै हुनुहुन्छ ? स्वास्थ्यबारे यी कुरामा सतर्क हुनुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गए रातिदेखिको वर्षासँगै उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भइरहेको छ ।

काठमाडौं उपत्यका नजिकका डाँडाहरूमा पनि हिमपात भएको छ । हिउँ परेका स्थानहरूमा बुधबार बिहानैदेखि नै हिउँ खेल्न जानेहरूको घुइँचो लागेको देखिन्छ । हिउँमा रमाइरहँदा छाला स्वास्थ्यको पनि त्यत्तिकै ख्याल गर्नुपर्ने हुन्छ ।

हाम्रो शरीरले धेरै चिसो र धेरै तातो धान्न सक्दैन । हिँउमा चिप्लेर लड्ने समस्या एउटा आम समस्या हो । हिउँ परेको ठाउँमा कति बेला चिप्लिन्छ र हिमखाल्डोमा परिन्छ पत्तो नै हुँदैन ।

हिउँ परिरहेको बेलामा धेरै चिसो महसुस हुँदैन र धेरै हिउँ चलाइ रहने हुँदा हिउँले स्वास्थ्यमा असर पुर्‍याउने चिकित्सकहरू बताउँछन् । हिउँमा चिप्लिएर मृत्यु भएको खबरहरू पनि हामीले कहिले कँही सुनी रहेको नै हुन्छौँ ।

हिउँ खेल्दा यि कुराहरू ध्यान दिनुहोस्

-हिउँले हाम्रो छालालाई बिगार्न सक्छ त्यसैले हिउँ खेल्न जानुअघि राम्ररी छालामा सनब्लक क्रिमहरू लगाउन चिकिन्सकहरु सुझाब दिन्छन्  । 

-अत्याधिक चिसोका कारण छाला निलो हुने गर्छन् त्यसो हुँदा तताउन एकै पटक आगो ताप्ने धेरैको बानी हुन्छ त्यसो गर्नु हुँदैन ।हात खुट्टा निलो भएको बेलामा हलका मनतातो पानीमा डुबाउनु पर्छ ।   

– छिनछिनमा तातो पानी खाइरहनुपर्छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।