add

इस्कोन नेपालको भक्ति उत्सव कार्यक्रम विराटनगरमा






ActPro Nepal

|

१९ माघ, २०८०

|
129

विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भाबनामृत संघ (इस्कोन)को भक्ति उत्सव समारोहको  विराटनगरको अतिथि सदनमा सुरु भएको छ । माघ २१ गते सम्म चल्ने उक्त कार्यक्रममा सहभागिता जनाउन नेपालका विभिन्न शाखाहरूबाट  करिब ६०० जनाको उपस्थिति रहेको छ। 

ईमपावरिङ  दि युथ अर्थात् युवा सशक्तीकरण शीर्षक रहेको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय वक्ताहरूद्वारा सेमिनार, संस्कृति कार्यक्रम, नगर हरिनाम सङ्कीर्तनका साथै झाँकी प्रस्तुत गरिने छ।

उद्घाटन सत्रमा बोल्दै इस्कोन नेपालका अध्यक्षपरमेश्वर अच्युत दासले आध्यात्मिक जागरणले युवाहरूको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने बताए।

विराटनगर सहायता प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले उक्त कार्यक्रमले युवाहरूमा नैतिकता, सदाचार, इमानदारिताका साथै सत मार्गमा हिँड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले विराटनगरमा इस्कोनको मन्दिर निर्माण गर्न भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

साथै उक्त कार्यक्रममा मोरङ जिल्लाका डिएसपी राजन दाहाल, मोरङका जिल्ला समन्वय अधिकारी गिरिराज भट्टराई पराजुली, अतिथि सदनका उपाध्यक्ष सुधीर कुमार अग्रवालले आफ्नो धारणा व्यक्त गरेका थिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.