add

त्रिभुवन विमानस्थलमा यात्रुको झोलाबाट पैसा चोरी, लोडर पक्राउ






ActPro Nepal

|

१८ माघ, २०८०

|
169

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको झोलाबाट पैसा चोरीको आरोमा एक जना पक्राउ परेका छन् ।

नेपाल वायुसेवा निगमको जहाजमार्फत बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट पैसा चोरी गरेको आरोपमा निगमका लोडर पक्राउ परेका छन् ।

पक्राउन पर्नेमा दैलेख महावु गाउँपालिका-३ घर भई काठमाडौँ काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार रहेका छन् । उनले  सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेका थिए ।

याङ्गहाङले आफ्नो पैसा चोरी भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि विमानस्थलको सीसीटीभी फुटेज हेर्दा देवबहादुरको गतिविधि शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले उक्त थाई भाट चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा उनको शरीर तथा लकरमा विभिन्न दरका थाई भाट १९ हजार ४०० समेत बरामद भएको छ । उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.