add

बैंकमा पैसा थुप्रिएपछि आज पनि २० अर्ब तान्दै राष्ट्र बैंक






ActPro Nepal

|

१८ माघ, २०८०

|
330

काठमाडौं । बैंकमा अधिक तरलता थुप्रियपछि केन्द्रिय बैंकले धमाधम पैसा तान्न थालेको छ ।

यस साता मंगलबारदेखि दैनिक प्रणालीबाट पैसा खिच्दै आएको राष्ट्र बैंकले आज पनि २० अर्ब खिच्ने भएको हो । यसअघिका दुई दिनमा ५० अर्ब रुपैयाँ तानेको राष्ट्र बैंकले आज निक्षेप बोलकलोलमार्फत थप २० अर्ब खिच्न लागेको हो ।

राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम व्यवस्थापन गर्न लागेको हो । उक्त रकममा साँवा र ब्याज भुक्तानी फागुन ३ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा क, ख र ग वर्गकमा बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।

विगत लामो समयदेखि कर्जाको माग नबढ्दा र एकोहोरो निक्षेप थपिरहँदा प्रणालीमा अधिक तरलता कायम भएको हो । हाल प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । तरलता सहज भएसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतमा झरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.