काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले रिलायबल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको मूल्य समायोजन गरेको हो।
रिलायबल लाइफले लाभांश र अरुणले हकप्रद सेयर प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले दुवै कम्पनीको सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
रिलायबलल गत आव २०७९/८० को नाफाबाट वितरण गर्ने १६ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि रिलायबलको नयाँ सेयर मूल्य ४९७.८४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, अरुण भ्यालीले निष्काशन गर्ने १०० प्रतिशत हकप्रद सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि पछि अरुणको नयाँ मूल्य प्रतिकित्ता १९०.१० रुपैयाँ कायम भएको छ ।
अब यही समायोजित मूल्यका आधारमा सोमबार दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।