add

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग






ActPro Nepal

|

१४ माघ, २०८०

|
151

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

सूचनाअनुसार अध्यक्ष पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षैत्रमा १० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने मन्त्रालयले जनाएको छ। योग्यता पुग्ने, ३० वर्ष उमेर पूरा भइ ६५ वर्ष नपुगेको नेपाली नागरिकले आवेदन दिन सक्ने मन्त्रालयले उल्लेख गरेको छ। 

योग्यता पुगेको इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरणसहित बढीमा ५ हजार शब्दको व्यावसायिक कार्ययोजनासहित आवेदन दिन माग गरिएको छ। 

तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि दूरसञ्चार प्राधिकरणको अध्यक्ष पद रिक्त छ। प्राधिकरणसँग सम्बन्धित खरिद, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी, एनसेलको सेयर खरिदबिक्रीको विवाद चलिरहेको समयमा अध्यक्ष खनालले राजीनामा दिएका थिए। 

सरकारले खनालको राजीनामा स्वीकृत गर्दै प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यबाहक अध्यक्ष तोकेको थियो। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.