add

खुद ब्याज आम्दानी ४० प्रतिशत बढाएको प्रभु बैंकले कति कमायो नाफा ? यस्तो छ वित्तीय अवस्था






ActPro Nepal

|

७ माघ, २०८०

|
92

काठमाडौं । प्रभु बैंकले ७ महिनामा ७२ करोड बढी खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकले ७२ करोड ३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । तर, बैंकको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ३९.९७ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

तर, बैंकको खुद ब्याज आम्दानी भने ३०.५८ प्रतिशत बढेर ४ अर्ब ७६ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, बैंकको संचालन नाफा भने ५.७७ प्रतिशत बढेको छ । समिक्षा अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ७२ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषको आकार पनि ५.१२ प्रतिशत बढाएर १० अर्ब ११ करोड १५ लाख रुपैयाँ पुर्याएको छ ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ८१ करोड ३० लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ३१ करोड ३५ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा भने बढेर ४.९० प्रतिशत पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ६ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेवटर्थ १३५ रुपैयाँ २ पैसा कायम छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.