काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । सोमबार १२ अंकले घटेको नेप्से आज ७ अंकले घटेको छ । दिनभरमा ३४ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा घटेर बन्द भएको हो ।
सूचक घटे पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज पनि ८ अर्ब १७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
बिहीबार नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ विन्दुमा आइपुगेको छ । यसदिन २९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर किनबेच भएको छ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ को परिसूचक बढेको छ भने १० को घटेको छ । होटल समूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले घटेको छ ।
आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ८४ करोड रुपैयाँको ३० लाख ४४ हजार कित्ता सेयर किनबेच भएको छ । यो नेपाली सेयर बजार इतिहासमा कुनै पनि कम्पनीको एकैदिनमा भएको सर्वाधिक कारोबार हो ।
घट्दो बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिडी पावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।