add

विश्वभर १२ हजार नेटवर्थक भएको प्रभु मनि ट्रान्सफरले चार वर्षमा गर्यो २ अर्ब आम्दानी






ActPro Nepal

|

४ माघ, २०८०

|
374

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी प्रभु मनि ट्रान्सफरले एक वर्षमा ३० करोड बढी आम्दानी गरेको छ ।

कम्पनीले सन् २०२३ कम्पनीले ३० करोड ९० लाख बढी आम्दानी गरेको छ । तर, यो आम्दानी अघिल्लो वर्ष २०२२ को तुलनामा २९.९३ प्रतिशत कमी हो । सन् २०२२ मा भने कम्पनीले ४४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले २००२ देखि रेमिट्यान्स सेवामा काम गर्दै आएको छ । कम्पनीले नेपाल बाहेकका अन्य मुलुकका २५ वटा कम्पनी, बैंक तथा एफआइएस र अन्य सम्वन्धित नेटवर्कसँग समझदारी गरि सेवा दिँदै आएको छ ।

कम्पनीले साउदी, कतार, मलेसिया, यूएई, अमेरिकामा रहेका नेपालमाझ् चर्चित अनि लोकप्रिय छ । कम्पनीले चार वर्षमा भने १ अर्ब ९९ करोड ८० लाख रुपैयाँ बढी आम्दानी गरेकोछ । सन् २०२० मा ७० करोड र २०२१ ५४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । हाल कम्पनीको विश्वभर १२ हजार नेटवर्क छन् । यस्तै, ६ हजार बैंकिङ्ग एजेन्ट, ३ हजार व्यक्तिगत एजेन्ट र ३ सहायक एजेन्ट छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.