add

माल्टाको लोभ देखाएर ४३ लाख लिएर फरार भएकी युवती पक्राउ






ActPro Nepal

|

२ माघ, २०८०

|
160

काठमाडौं । माल्टाको लोभ देखाएर ४३ लाख रुपैयाँ लिएर फरार भएकी युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पाल्पाको बग्नासकाली गाउँपालिका–१ घर भएकी ३० वर्षीया मायादेवी राना हुन्। 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो। उनले राम्रो काम र दाम हुने र माल्टा जान ८ लाख लाग्ने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुबाट ४३ लाख रुपैयाँ लिएर फरार भएकी थिइन्।

मासिक डेढ लाख रुपैयाँ आम्दानी हुने प्रलोभन देखाएर माल्टा जाने भन्दै युवायुवतीले मायादेवीलाई रकम बुझाएका थिए। पक्राउ परेका मायादेवीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.