काठमाडौं । माघको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन अर्थात पुस अन्तिम दिन १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य १ लाख १९ हजार ५०० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ। अघिल्लो दिन १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.