add

नारायणगढ मुग्लिन सडक माघ २० सम्म दैनिक ४ घण्टा बन्द






ActPro Nepal

|

२९ पुष, २०८०

|
197

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने भएको छ । दोस्रो चरणअन्तर्गत आजदेखि माघ २० गतेसम्म सडक बन्द गराएर निर्माणको काम गर्ने जनाएको थियो ।

तर, माघे संक्रान्ति पर्वलाई लक्षित गरी आज र भोलि सडक खुला गरिएको मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो समयमा चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको थियो ।

गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ ।

एक सुचना जारी गर्दै पुस २८ गतेदेखि माघ २० सम्म दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहाडको चट्टान काट्ने काम गरिने जनाएको छ ।

गत वर्ष पनि सो खण्डमा पुलका लागि भन्दै पुस ५ गतेबाट सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । यो सडक खण्डमा बन्ने नयाँ १९ वटा पुलमध्ये यहीँ तुइन खोलाको पुलको काम मुख्य रुपमा बाँकी छ । अन्य धेरैजसो पुल सञ्चालनमा आएका छन् भने, तीन पुल सञ्चालनको तयारीमा छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.