add

बिगमार्टले ल्यायो कार जित्ने अवसर






ActPro Nepal

|

२९ पुष, २०८०

|
197

काठमाडौँ । बिगमार्टले यस जाडो मौसमलाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूका लागि बिगमार्ट कार उपहार उत्सव लिएर आएको छ । यस उत्सव अन्तर्गत : बिगमार्टमा किनमेल गर्ने ग्राहकहरुलाई जाडोको समयमा किनमेलको अनुभव अझ विशेष बनाउन बिगमार्टले बिगमार्ट कार उपहार उत्सव ल्याएको हो ।

उक्त उत्सव माघ १ गतेदेखि फागुन १५गते सम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा अविश्वसनीय उपहारहरुको व्यवस्था गरेको छ । जसमा बम्पर पुरस्कार एक जाना भाग्यशाली ग्राहकलाई १ वटा TATA TIAGO CAR, एक जाना भाग्यशाली ग्राहकलाई १ वटा Yamaha Ray-Z Scooter , भाग्यशाली पाँच जना ग्राहकहरुलाई ५ वटा स्मार्टफोनहरू ।

१० भाग्यशाली ग्राहकहरुका लागी जनही ५ हजार रुपैयाँ बराबरको किनमेल भौचर साथै, ग्लोवल आईएमई बैंक लि. को क्रिडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा १० प्रतिशत अर्थात ३०० रुपैयाँसम्म, एनसिएचएल नेपाल पे को क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अर्थात १०० रुपैयाँ र हरेक शनिवार र बुधवार फलफूल तथा तरकारी को खरीदमा स्मार्ट क्यूआर मार्फत बिल भुक्तानी गर्दा १५ प्रतिशत अर्थात १५० रुपैयाँसम्म तत्काल छुट प्राप्त गर्न सक्नुहुनेछ ।

प्रत्येक ७५० वा सो भन्दा बढिको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिनेछ । बिगमार्टसँग यो जाडोमा बिगमार्ट कार उपहार उत्सव मनाउने यो सुनौलो अवसरलाई नबिर्सनुहोस् र अविश्वसनीय पुरस्कारहरू जित्ने मौका प्राप्त गर्नुहोस ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.