add

आज २०८० पुस २८ गते शनिबार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

२८ पुष, २०८०

|
206

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० पुस २५ गते | बुधवार १० जनवरी २०२४। पाैष कृष्णपक्ष चतुर्दशी तिथि। मूल नक्षत्र। चन्द्रराशि धनु।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

दिन राम्रो छ। बोलीमा मोहनी भएकाले मित्रको साथ पाइने छ। राम्रो कामको सुरुवात गर्ने दिन हो। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध राम्रो बन्नेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

स्वास्थ्य र शिक्षा क्षेत्र सबल छन्। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। यो राशिलाई वृहस्पती र चन्द्रमा अनुकुल रहेकाले दिन रमाइलो हुनेछ। परिवारमा खर्च बढ्ने देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दैनिकी राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। कुटुम्बबाट मिल्ने सहयोगले आर्थिक लाभ हुनेछ। रोगबाट मुक्ति मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

समय सामान्य छ। बन्धुसँगको भेटले मन खुशी हुन्छ। स्वास्थ्य खराब हुने भएकाले खानपानमा ध्यान दिनुपर्ने देखिन्छ। परिवारमा खटपटी हुनसक्छ। प्रेम सम्बन्ध टुट्ने खतरा छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन सामान्य राम्रो छ। मित्रको साथ पाइने छ। परिवारको साथ नमिल्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। ठुलो विश्वास गरेका मान्छेबाट धोखा हुने सम्भावना देखिन्छ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दिन रमाइलो छ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। साथीसँग बस्ने मौका मिल्नेछ। परिवारको साथ पाउने योग छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

समय राम्रो छ। शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रका लागि आज राम्रो छ। धर्ममा समय खर्च हुने भएकाले दिन लाभदायक छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दैनिकी सामान्य छ। बोलीको प्रभाव देखिन्छ। परोपकार गर्नु फाइदाजनक हुन्छ। प्रतिस्पर्धी कमजोर हुनेछन्। पारिवारिक झमेलाले खटपटी आउने योग रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्र राम्रो छ। धन कमाउने चाहनाले मन अशान्त हुनेछ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर देखिन्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

समय सामान्य छ। खर्च बढ्ने देखिन्छ। आम्दानी भन्दा खर्च बढी हुन्छ। बन्धुबाट सहयोग नमिल्ने देखिन्छ। परिवारसँग भने रमाइलो यात्रा हुनेछ। प्रेमी प्रेमिकाका लागि रमाइलो समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

समय सामान्य छ। गोचरमा शनिदेवको छाया योग रहेको देखिन्छ। जन्म कुण्डलीमा ३, ६ र ११ मा शनिदेव भए ठुला काम सहजै बन्नेछन्। त्यो नभए जुनसुकै काम गर्दा पनि बाधा हुनेछ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

समय राम्रो छ। आजको दिन सफल हो। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति प्रगति हुनेछ। शिक्षाको क्षेत्रमा मानसम्मान रहे पनि परिवारको साथ पाउने योग रहेको छ।

राशिफल  जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.